विराटनगर ।


पेस्तोल र त्यसमा लाग्ने गोली तथा केहिथान राइफलको गोलीसहित दुईजनालाई मोरङ प्रहरीले पक्राउ गरेको छ ।
मंगलबार बेलुका केराबारी गाउँपालिका–९ देवीझोडाका ५१ वर्षीय गणेश लिम्बुको घरमा खानतलासी गर्दा भान्सा कोठामा लुकाई राखेको एकथान कटुवा पेस्तोल, त्यसमा लाग्ने एक थान गोली र ३०३ राइफलमा लाग्ने गोली ५ वटा, गोली लोड गर्ने चाचर दुईथान बरामद गरेको जनाइएको छ ।

इलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरी टोलीले लिम्बुको घरमा पार्किङ गरिएको बेलबारी–२ का लालभित्तीका ४१ वर्षीय पदमकुमार लिम्बुको को१च ८३६८ नम्बरको कारबाट १÷१ थान खुकुरी र चक्कु समेत बरामद गरेको हो ।
प्रहरीले गणेश र पदमकुमारलाई नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाएको जनाइएको छ । इप्रका बेलबारीले उनीहरु विरुद्ध हातहतियार तथा खरखजना कसुरमा अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता मानबहादुर राईले बताए ।












