जनकपुरधाम ।


धनुषाको मुखियापट्टी मुसहरनीया गाउँपालिकामा स्थित एक पोखरीमा पौडी खेल्ने क्रममा डुबेर पाँच जना बालिकाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
तराईका अधिकांस भागमा आज अत्याधिक गर्मि भएको कारणले वालवाललिका स्थानिय बहेडाडावेला र तुल्सीयाहीको बिचमा रहेको पोखरीमा पौडी खेल्ने क्रममा १० देखि १३ वर्ष उमेर समूहका ५ जना बालिकाको डुबेर ज्यान गएको प्रहरी उपरीक्षक प्रकाश रानाभाटले बताए।

उपरीक्षक रानाभाटका अनुसार पोखरीबाट ५ जना बालिकाको शव निकालिए पनि दुई जनाको अझै खोजी भइरहेको छ।












