Logo

आज देशभर २ हजार ४०७ जनामा सङ्क्रमण कोरोना घट्दो क्रममा

                     
Logo ३० जेष्ठ २०७८, आईतवार १७:३०    

काठमाडौं ।

नेपालमा पछिल्ला दिनहरुमा कोरोना भाइरसको सङ्क्रमण घट्दै गएको पाइएको छ । नेपालका विभिन्न प्रयोगशालामा दैनिक २५ हजारभन्दा बढीको परीक्षण गर्ने क्षमता भएतापनि अहिले दैनिक ७ हजार वा सो भन्दा कम संख्या पिसिआर परिक्षण भैरहेको छ ।

पछिल्ला दिनहरुमा कोरोना भाइरसको परीक्षण गर्ने मानिसहरुको संख्या कम भएसँगै कोरोना सङ्क्रमितको संख्या पनि कम हुँदै गइरहेको मन्त्रालयले स्वीकार गरेको छ ।

आज पिसिआर र एन्टिजेन गरी १२ हजार ४०६ जनको परीक्षण गर्दा २ हजार ४०७ जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

आज थप ३ हजार ९८४ जना सङ्क्रमणमुक्त भएका छन् भने ४६ जनाले ज्यान गुमाएका छन् । आज ज्यान गुमाउनेको संख्यामा नेपाली सेनाले विभिनन्न मितिमा व्यवस्थापन गरेको शवको संख्या समेत जोडिएको छ ।


लोकप्रिय छुटाउनुभयो कि ?