कञ्चनरुप ।


सप्तरीमा एक दम्पतिको हत्यापछि लुटपाट गरी फरार रहेका एक ३४ वर्षीय युवकलाई सात वर्षपछि पक्राउ परेका छन् ।
२०७१ साल जेठ २१ गते राति तत्कालिन हनुमाननगर गाविस–५ का ५५ वर्षीय प्रेम सुख बेगवानी र उनकी श्रीमती ५२ वर्षीया सरोज बेगवानीको पसलमा नगद, सुनचाँदी र गरगहनाहरु लागयत लुटपाट गरेर हत्या गरी फरार रहेका युवक ७ वर्षपछि पक्राउ परेको जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसपी माधवप्रसाद काफ्लेले जानकारी दिए।

२०७१ साल जेठ २१मा दम्पती खाना खाएर सुतेपछि विहान मृत फेला परेका थिए। प्रहरीका अनुसार बेगवानी दमपतीको धारिलो हतियार प्रहार गरी हत्या गरेको अवस्थामा शव फेला परेको थियो । घरको नगद, सुनचाँदीका गरगहनाहरु लगायत ५० लाख रुपैयाँ बराबरको लुटपाट गरिएको थियो।
यस घटनामा तत्कालिन समयमा प्रहरीले ८ जना प्रतिवादीहरुमध्ये ६ जनालाई पक्राउ गरेको थिए भने बाँकी फरार थिए।












