काठमाडौं, ३१ जेठ ।


नेपालमा पछिल्लो २४ घण्टामा थप ५ हजार १ यस ४७ जना कोरोना संक्रमित उपचारपछि निको भएका छन् । नेपालमा संक्रमणमुक्त हुने दर ८७.८ प्रतिशत पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।
गएको २४ घण्टामा नेपालमा २ हजार ९ ।सय १८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । १४ हजार ८ सय १९ जनाको परीक्षण गर्दा सो संख्यामा संक्रमित फेला परेका हुन् ।

आज ५३ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यो सँगै कोरोनाका कारण मृत्यु हुनेको संख्या ८ हजार ४६४ पुगेको छ । हिजो देशभर २ हजार ४ सय ७ जनामा संक्रमण पुष्टि भएको थियो भने ३ हजार ९ सय ९३ जना संक्रमणमुक्त भएका थिए । यस्तै, ४६ जनाको मृत्यु भएको थियो ।












