बृजमान तामाङ


बिरेन्द्र बजार ।
प्रेस मञ्च नेपाल सप्तरीद्वारा पत्रकार सौरभ यादव माथी दुरब्यबाहर गर्ने ब्याक्ती माथी कडा कारबाहीको माँग गरेको छ । प्रेस मञ्च नेपाल सप्तरीका अध्यक्ष बृजमान तामाङले मंगलबार एक प्रेस बिज्ञाप्ति जारी गर्दै पत्रकार यादवलाई दुव्र्यवहार गर्ने माथी कडा कारबाहीको माँग गरेको हो । समाचार संकलनको क्रममा जिल्ला प्रशासन कार्यालय परिसरमै संचारकर्मी माथी भएको दुव्र्यवहार प्रति मञ्चको गम्भीर ध्यानाकर्षण भएको छ, अध्यक्ष तामाङद्वारा जारी बिज्ञाप्तिमा भनिएको छ, समचार संकलनका लागि जिल्ला प्रशासन कार्यालय पुगेका यादव उपर भएको अपमान जनक कार्यको जतिसुकै निन्दा गर्दा समेत कमै हुन्छ । मञ्चद्वारा जारी बिज्ञाप्तिमा जिल्ला प्रशासन कार्यालय परिसरमा पत्रकारलाई सूचना संकलनको क्रममा अपमानित गर्नुले सिंगो संचार क्षेत्र माथिको ठाडो हस्तक्षेप भएको ठहर गरेको छ । स्थानीय समस्यालाई जोडतोडका साथ उजागर गर्न सक्रिय पत्रकार यादव माथी भएको दुव्र्यवहारको घटनाको घोर भत्सर्ना गर्दछु, अध्यक्ष तामाङ द्वारा हस्ताक्षरित बिज्ञाप्तिमा भनिएको छ, दुव्र्यवहार गर्ने ब्यक्तिलाई कडा कारबाहीको माँग गर्दछु , प्रेस बिज्ञाप्तिमा अगाडि भनिएको छ, पत्रकारमाथी भएको दुव्र्यवहारको सत्यतथ्य छानबिन गरि संचारकर्मीलाई निर्भरताको साथ समाचार संकलन गर्ने बताबरण सिर्जना गर्न सरोकारवालाहरुसंग आग्रह गर्दछु । मधेश लाईभ अन्लाईनका समाचार संयोजक तथा एपिवान टेलिभिजनका संबाददाता यादवलाई जिल्ला प्रशासन कार्यालय सप्तरीमा कोभिड १९ विरुद्धको खोप केन्द्रमा देखिएको अव्यवस्थित भिडको दृश्य लिने क्रममा साहायक सिडियोका छोराले दुव्र्यवहार गरेका थिए । समाचार संकलनको क्रममा साहयक सिडियोका छोराले तथानाम भन्दै फोटो खिच्न अबरोध गरि प्रबेशमा रोक लगाएको पत्रकार यादवले जानकारी दिएका छ्न । यादव माथी भएको दुव्र्यवहारको नेपाल पत्रकार महासंघ सप्तरी, फोटो पत्रकार संघ सप्तरी सहित विभिन्न संचारक्षेत्रसंग आबद्ध संघ संस्थाले छुट्टाछुट्टै प्रेस बिज्ञाप्ति जारी गरि आपत्ती जनाएको छ













