Logo

एक महिना देखी निःशुल्क खान खुवादै : उद्योग वाविणज्य संघलाई सेन्चुरी बैकको खाध्यान्य सहयोग

                     
Logo ५ असार २०७८, शनिबार ११:२९    

अम्विका दहाल

राजविराज ।

सेन्चुरी कर्मसियल बैक राजविराज शाखाले सप्तरी उद्योग वाविणज्य संघ सप्तरीलाई खाध्यान्य हस्तान्तरण गरको छ ।

गत जेष्ठ ४ गते देखी उद्योग वाविणज्य संघ सप्तरीले निःशुल्क खान खुवादै आएको हुनाले सेन्चुरी बैक राजविराजले सहयोग रुपरुप २५ के. जि. तौलका वरावको २० बोरा चामल , २५ के जि तौलका वरावको २ बोरा दाल र १० लिटर तेल हस्तान्तरण गरेको उद्योग वाविणज्य संघ सप्तरी अध्यक्ष अरुण कुमार प्रधानले बताए ।

उद्योग वाविणज्य संघ सप्तरीको पहलमा १ महिना देखी निशुल्क खाना खुवाने ब्यवस्पान गर्नु हुने प्रधानको यो निश्वार्थ भाव लाई केहि मात्रमा हाम्रो शाखाबाट सहयोय होस भनि दिएको सेन्चुरी बैक राजविराजका मेनेजर ज्ञान साहले बताए ।

दोश्रो लहरको कोरोनाको प्रभावले आक्रान्त भईरहेको वेला सप्तरी उद्योग वाणिज्य संघ, राजविराज तथा लायन्स क्लव अफ राजविराज सिटीको सन्युक्क्त आयोजनामा गत जेष्ठ ४ गते देखी निःशुल्क खान बितरणको सुरुवात गरेको थियो । एक महिनाको अवधिमा ६ हजार १ सय ८८ जनाले निःशुल्क खान खाएको अध्यक्ष प्रधानले जानकारी गराए ।

मजदुर ,व्यापारी , अस्पतालका बिमारी कुरुवा , बालबालिका लगाएतकाले खाना खाएको सङका सचीव ललित झाले बताए ।

 


लोकप्रिय छुटाउनुभयो कि ?