Logo

शहिदको सम्झनामा रक्तदान कार्यक्रम

                     
Logo ४ असार २०७८, शुक्रबार १९:१४    

अम्विका दाहाल

राजविराज , असार ४ गते ।

नेपाल कम्युनिष्ट पार्टि (माओवादी केन्द्र )सप्तरीमा आज शहिदको सम्झनामा रक्तदान कार्यक्रम गरेको छ ।

जेष्ठ २९ गते शहिद दशरथ ठाकुरको १४ औं स्मृती दिवस , गोविन्द चौधरीको , रमेश राम , इन्द्रदेव विश्वास, कमलेश यादव , महेन्द्र यादव र सहिद विजय झाको १७ औं स्मृती दिवसको अवसर पारेर आज रक्तदान आयोजना गरेको हो ।

कार्यक्रममा पार्टिका जिल्ला अध्यक्ष तथा पूर्व सिचाई मन्त्री उमेश कुमार यादव, सामाजिक अभियान्ता संजय दास , वडा अध्यक्ष मोहन कुमार यादव YCL नेपालका जिल्ला सदस्य रंजित कुमार साह  YCLका श्यमाकिशोर मण्डल , नेता बलराम यादव र नेपाल पत्रकार महासंघ शाखा सप्तरीकी उपाध्यक्ष अम्विका दहाल लगायतका २५ जनाले रक्तदान गरेका छन ।

 


लोकप्रिय छुटाउनुभयो कि ?