कञ्चरुप ।


सप्तरीका विभिन्न स्थानिय तह अगामी आर्थिक वर्ष २०७८/०७९ को लागी फरक फरक नीति तथा कार्यक्रम र वजेट विनियोजन गरेकाछन ।
कञ्चनरुप नगरपालिकाको २०७८/०७९ को वजेट

पाँचौं नगर सभाबाट आर्थिक वर्ष २०७८/०७९ को लागी ६५ करोड ५६ लाख ९ हजार ४ सय ६५ रुपैया बरावरको वजेट पेश गरेको छ ।
बिहिवार गरिउको वजेट विनियोजन अनुसार नगर स्तरीय गौरवको योजनाहरुका लागी एक करोड, भौतिक पूर्वधार योजनाको लागी भनेर २ करोड ५० लाख, आर्थिक विकासको लागी ६८ लाख ५६ हजार ९ सय ६० रुपैया,समाजिक विकासको लागी एक करोड ५५ लाख ४ हजार, वन वातावरण तथा विपद् ब्यवस्थापनको लागी २६ लाख ३३ हजार ६ सय ९६ रुपैया, सु—शासन तथा संस्थागतको लागी ६० लाख ९३ हजार ३ सय ४४ रुपैया,१२ वटा वडालाई सिलिङ्ग वजेटको लागी ८ करोड, कार्यालय संचालन खर्चको लागी ११ करोड ३ लाख,नगर स्तरीय अत्यावश्यक कार्यक्रम –कोरोना,सम्पुरक लगायत अन्यको लागी ४ करोड ४० लाख, क्रमागत योजनाको लागी भनेर ४ करोड ३० लाख, कर्मचारी कल्याण कोषको लागी ५८ लाख ७७ हजार १ सय ७५ रुपैया, मर्मत सम्भार कोषको लागी ३७ लाख ६४ हजार २ सय ९० रुपैया, संघिय सर्शत कार्यक्रमको लागी २७ करोड १७ लाख, संघिय विशेष कार्यक्रमको लागी १ करोड ३३ लाख, संघिय समपुर कार्यक्रमको लागी ९० लाख, प्रदेश विशेष कार्यक्रम भनेर ३० लाख र प्रदेश समपुरक भनेर २० लाख गरी कुल ६५ करोड ५६ लाख ९ हजार ४ सय ६५ रुपैया विनयोजन गरेको छ ।
डाक्नेश्वरी नगरपालिकाको २०७८/०७९ को वजेट
डाक्नेश्वरी नगरपालिकाले समृद्ध डाक्नेश्वरी नगरपालिकाको आधार कृषि जनशक्ति र पुर्वाधार भन्ने नाराका साथ आब २०७८/०७९ को लागि ५१ करोड, ५५ लाख, ७८ हजार रुपैयाको बजेट प्रस्तुत गरेको छ । बिहीबार सम्पन्न आठौं नगरपालिकाको बजेट नीति तथा कार्यक्रम प्रस्तुत गरेको हो ।
वित्तीय समानीकरणतर्फ १३ करोड ९१ लाख र सशर्त अनुदानतर्फ २३ करोड ४५ लाख, राजस्व बाँडफाँडबाट ८ करोड ९१ लाख ५० हजार रुपैया, पूँजीगततर्फ समपुरक अनुदान १ करोड ४५ लाख रुपैया गरी संघिय सरकारबाट ४७ करोड ७२ लाख ५० हजार प्राप्त भएको उल्लेख गरेकोे छ ।
यसैगरी प्रदेश सरकारबाट प्राप्त हुने वित्तीय समानीकरणतर्फ ९५ लाख ५८ हजार, अनुदानतर्फ ८० लाख , विशेष अनुदानतर्फ ३० लाख ,राजस्व बाँडफाँडबाट ५७ लाख ७० हजार, र समपुरक अनुदानतर्फ २० लाख रुपैया प्राप्त हुने नगर प्रमुख शिवनारायण साहले बताए । आब २०७८÷०७९ को लागि बर्षको लागि वडा सिलिङ अन्तर्गत रु. १०कारोड १० लाख तोकिएको छ ।
तिलाठी कोईलाडी गाउँपालिकाले आब २०७८/०७९ को बजेट
तिलाठी कोईलाडी गाउँपालिकाले आब २०७८/०७९ को लागि ४३ करोड, १६ लाख, ७७ हजार सात सय ५० रुपैयाको बजेट प्रस्तुत गरेको छ ।
बिहीबार सम्पन्न पाँचौ गाउँसभामा आ.व.०७८/०७९ को कूल बजेट ४३ करोड १६ लाख ७७ हजार ७ सय ५० रुपैयाँ ८० पैसाको बजेट प्रस्तुत गरेको छ । कूल बजेटको चालुतर्फ २५ करोड २० लाख ७७ हजार ७ सय ५० रुपैयाँ ८० पैसा र पूँजिगत तर्फ १७ करोड ९६ लाख रुपैयाँ रहेको छ ।
कूल बजेटमा संघबाट प्राप्त हुने वित्तीय समानीकरणतर्फ १२ करोड १४ लाख र सशर्त अनुदानतर्फ १८ करोड ६९ लाख, राजस्व बाँडफाँडबाट ६ करोड ७९ लाख ७० हजार रुपैया, पूँजीगततर्फ समपुरक अनुदान ३ करोड १३ लाख रुपैया रहेको छ ।
यसैगरी प्रदेश सरकारबाट प्राप्त हुने वित्तीय समानीकरणतर्फ ८२ लाख ४० हजार, राजस्व बाँडफाँडबाट ३० लाख १७ हजार ७ सय ५० रुपैया ८० पैसा, विशेष अनुदानतर्फ ३० लाख र समपुरक अनुदानतर्फ २० लाख तथा युनिसेफबाट ३५ लाख ५० हजार रुपैया प्राप्त हुने छ गाउँपालिकाको आठ वटै वडाहरुलाई आगामी आर्थिक बर्षको लागि वडा सिलिङ अन्तर्गत रु. ६० लाख तोकिएको छ ।
महादेवा गाउँपालिकाले आब २०७८/०७९ को बजेट
महादेवा गाउँपालिकाले आगामी आर्थिक बर्ष २०७८/०७९ को का लागि ३३ करोडको बजेट, नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । शुक्रवार पाँचौं गाउँसभाबाट कोभिडको कारण मारमा परेका जनता तथा कृषकलाई फाइदा पुर्याउने उद्देश्यले ३३ करोड ३१ लाख ८ हजार ८ सय ०४ रुपैयाँ ७० पैसाको बजेट प्रस्तुत गरिएको हो ।
कुल बजेटको चालुतर्फ २३ करोड ९२ लाख ८ हजार ८ सय ४ रुपैयाँ ७० पैसा र पूँजिगततर्फ ९ करोड ३९ लाख रुपैयाँ रहेको छ । महादेवा गाउँपालिकाको कुल आन्तरिक आम्दानी १० लाख रुपैयाँ प्रक्षेपण गरिएको गाउँपालिकाका अध्यक्ष दिपककुमार यादवले बताउनु भयो ।
कुल बजेटमा संघबाट प्राप्त हुने वित्तिय समानिकरणतर्फ १२ करोड १४ लाख र सशर्त अनुदानतर्फ १२ करोड ७८ लाख, राजस्व बाँडफाँडबाट ६ करोड ६१ लाख १३ हजार रुपैयाँ, पूँजीगततर्फ समपुरक अनुदान १ करोड ३९ लाख रुपैयाँ रहेको छ । यसैगरी प्रदेश सरकारबाट प्राप्त हुने वित्तिय समानिकरणतर्फ ७५लाख १४ हजार, राजस्व बाँडफाँडबाट २७ लाख ८१ हजार ८ सय ३ रुपैयाँ ७० पैसा, विशेष अनुदानतर्फ ३० लाख र समपुरक अनुदानतर्फ २० लाख प्राप्त हुने गाउँपालिकाका अध्यक्ष यादवले बताउनु भयो ।













