महेन्द्र सदा


पातो
सप्तरीको डाक्नेश्वरी नगरपालिकाले समृद्ध डाक्नेश्वरी नगरपालिकाको आधार कृषि जनशक्ति र पुर्वाधार भन्ने नाराका साथ आब २०७८÷०७९ को लागि ५१ करोड, ५५ लाख, ७८ हजार रुपैयाको बजेट प्रस्तुत गरेको छ । बिहीबार सम्पन्न आठौं नगरपालिकाको बजेट नीति तथा कार्यक्रम प्रस्तुत गरेको हो ।

वित्तीय समानीकरणतर्फ १३ करोड ९१ लाख र सशर्त अनुदानतर्फ २३ करोड ४५ लाख, राजस्व बाँडफाँडबाट ८ करोड ९१ लाख ५० हजार रुपैया, पूँजीगततर्फ समपुरक अनुदान १ करोड ४५ लाख रुपैया गरी संघिय सरकारबाट ४७ करोड ७२ लाख ५० हजार प्राप्त भएको उल्लेख गरेकोे छ ।
यसैगरी प्रदेश सरकारबाट प्राप्त हुने वित्तीय समानीकरणतर्फ ९५ लाख ५८ हजार, अनुदानतर्फ ८० लाख , विशेष अनुदानतर्फ ३० लाख ,राजस्व बाँडफाँडबाट ५७ लाख ७० हजार, र समपुरक अनुदानतर्फ २० लाख रुपैया प्राप्त हुने नगर प्रमुख शिवनारायण साहले बताए । आब २०७८÷०७९ को लागि बर्षको लागि वडा सिलिङ अन्तर्गत रु. १०कारोड १० लाख तोकिएको छ ।
समृद्ध डाक्नेश्वरी नगरपालिकाको आधार कृषि जनशक्ति र पुर्वाधार भन्ने नारालाई आत्मसात गर्दै आ. व. २०७८÷०७९ मा कोराना लगायत सबै प्रकारका स्वास्थ्य जोखिमबाट नागरिकलाई सुरक्षित राख्न र गुणस्तरीय स्वास्थ्य सेवा सर्वसुलभ बनाउन स्वास्थ्य सेवाको विस्तार, स्वास्थ्य पूर्वाधार निर्माण तथा स्तरोन्नत्ति र स्वस्थ जनशक्ति विकासमा जोड दिने, कृषि क्षेत्रको विकासको लागि कृषि तथा पशुपालन क्षेत्रलाई समय सुहाउँदो प्रविधियुक्त, ब्यवसायिक तथा सामुहिक खेती, ब्यवसायिक पशुपालन, सिंचाई सुविधाको विकास गरी कृषिलाई ब्यवसायिकरण गर्ने, गुणस्तरीय र जीवनपयोगी शिक्षा, सूचना प्रविधिको विस्तार आधारभूत स्वास्थ्य तथा खानेपानी लगायतका सामाजिक, आर्थिक तथा भौतिक पूर्वाधारको विकास तथा निर्माणलाई पहिलो प्राथमिकतामा राख्ने तथा विपद् प्रभावित नगरपालिकालाई विपद्को जोखिमबाट मुक्त गर्न कार्यक्रमहरु सञ्चालन गर्ने र पातो कठौना सडकको स्तर उन्नती गर्ने नगर प्रमुखले उल्लेख गरे ।
आठौं नगरभामा प्रस्तुत नीति तथा कार्यक्रम सर्वसम्मतले पारित भएको छ । नगर प्रमुख शिवनारायण साहको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जिल्ला सम्वनय समितिका अध्यक्ष मनोज यादव (प्रभाकर) प्रमुख प्रशासकीय अधिकृत सुनिल निरौला, उप प्रमुख ईन्दु यादव ,सम्पुर्ण वडा अध्यक्षहरु तथा विविभन्न पार्टि प्रतिनिधिहरुको उपस्थित रहेको थियो ।













