Logo

खोटाङमा आफ्नै बुबालाई गर्धनमा खुकुरीले हानेर हत्या छोरा पक्राउ

                     
Logo १३ असार २०७८, आईतवार ११:१३    

दिक्तेल ।

खोटाङमा छोराबाट आफ्नै बुबाको हत्या भएको छ । पक्राउ पर्नेमा खोटाङ दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्माका २८ वर्षीय सुवर्ण राई रहेका छन् ।

आज बिहान पौने ५ बजे उनले आफ्नै बुबा ७२ बर्षीय चन्द्र बहादुर राईलाई गर्धनमा खुकुरी प्रहार गरी हत्या गरेको प्रहरी कार्यालय खोटाङले जानकारी दिएको छ ।

जिल्ला प्रहरी कार्यालय खोटाङबाट प्रहरी टोलीले सुबर्णलाई सोही वडाको अल्छेढुंगाबाट पक्राउ गरेको छ । घटना सम्बन्धना थप अनुसन्धान भईरहेको प्रहरीले बताएको छ ।


लोकप्रिय छुटाउनुभयो कि ?