कञ्चनरुप ।


सप्तरीका १३ स्थानीय तहले असार १० भित्र तोकिएकै समयमा नीति तथा कार्यक्रम र बजेट ल्याएका छन् भने ५ स्थानीय तहले बजेट ल्याउन सकेका छैन्न।
१८ पालिकाहरू मध्ये १३ पालिकहरुले आर्थिक वर्ष २०७८/०७९ को नीति तथा कार्यक्रम र बजेटसहितको नगर तथा गाउँसभा गरिरहँदा सप्तरीको छिन्नमस्ता गाउँपालिकामा भने चालु आव २०७७/०७८ कै नीति तथा कार्यक्रम र बजेट ल्याउन सकेको छैन । गाउँपालिका अध्यक्ष सूर्यनारायण मण्डल र अन्य जनप्रतिनिधिबीचको विवादले गत वर्षको असार १० गते नै हुनुपर्ने गाउँसभा अझै हुन नसकेको हो । कर्मचारीको तलब र सामाजिक सुरक्षा भत्ताबाहेक कुनै पनि रकम भुक्तानी नभएको लेखापाल बालगोविन्द साहले बताए ।

यस्तै स्थानीयतहमा राजनीतिक खिचातानी र आवश्यक तयारी नगरेका कारण हनुमाननगर कंकालिनी र बोदेबर्साईन नगरपालिका तथा तिरहुत, बलान बिहुल र छिन्नमस्ता गाउँपालिकाले समयमै बजेट ल्याउन सकेका छैनन् तर हनुमाननगर कंकालिनीले चाँडै नगरसभा गर्ने जनाएको छ ।पालिकामा देखिएको विवाद र विविध कारणले समयमै नीति तथा कार्यक्रम र बजेट ल्याउन नसकेका हुन
राजविराज, खडक, सप्तकोशी, कञ्चनरुप, सुरुङ्गा, शम्भुनाथ, डाकनेश्वरी नगरपालिका र अग्निसाइर कृष्णासवरण, तिलाठी कोईलाडी, महादेवा, राजगढ, विष्णुपुर र रुपनी गाउँपालिकाले २०७८/०७९ को नीति तथा कार्यक्रम र बजेट ल्याई सकेका छन् ।












