राजविराज ।


जनता समाजवादी पार्टी( जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले संसदलाई समाप्त पर्ने, यसपछि प्रदेशहरुलाई भंग गर्ने र मुलुकमा संकटकाल लगाएर स्वच्छाचारी राज्यतर्फ लैजाने प्रधानमन्त्री ओलीले योजनातहत नै अघि बढेको आरोप लगाएका छन् ।
आज (शनिबार) राजविराजमा संचारकर्मीहरुसँग कुरा गर्दै उनले ‘संसदको पनि पुर्नस्थापना हुन्छ । लोकतन्त्रको पनि रक्षा हुन्छ । हामी यसमा ढुक्क छौं’ उनले भने । सरकारले कुनै माग पूरा नगर्दा पनि जसपाका कतिपय नेताहरु सरकारमा गएको टिप्पणी गरे । ‘कसैको मुद्दा फिर्ता भएको छैन, कुनै माग पूरा भएको छैन’ अध्यक्ष यादवले भने, ‘केपी ओलीले त मधेशको माग सुन्नै चाहेका छैनन् । माग कसरी पूरा गर्छन् भन्दै पश्न गरका छन ।

ओलीले संघीय लोकतान्त्रिक गणतन्त्रलाई समाप्त पारेर स्वच्छाचारी शासन प्रणालीतर्फ लाने प्रयास गरिरहेको नेता यादवले बताए । ‘संसदलाई समाप्त पर्ने, यसपछि प्रदेशहरुलाई भंग गर्ने र मुलुकमा संकटकाल लगाएर स्वच्छाचारी राज्यतर्फ लैजाने प्रधानमन्त्री ओलीले योजनातहत नै अघि बढ्नुभएको छ’ उनले भने–‘स्वच्छाचारी भनेकै निरंकुशता हो, गैरलोकतान्त्रिक कदमै भनेको प्रतिगमन हो, त्यसपछि आउने के–के व्यवस्था होला, त्यो कल्पना गर्न सकिदैन् ।’
मधेशको माग जनसंख्याको आधारमा समावेशी समानुपातिक प्रतिनिधित्व, भाषाको अधिकार, ७ प्रदेशको सट्टा गरी १० जोड १ प्रदेशको अवधारणा ल्याउने भएपनि कुनै माग पूरा नभएको बताए ।
नागरिकताको विषयमा प्रधानमन्त्री ओलीले ठूलो खेल खलेको यादवले आरोप लगाए । संसदमा टेबुल भइसकेको नागरिकता विधेयकलाई संसदभित्रै पारित नगराई अध्यादेश बाट ल्याइएको भन्दै उनले भने, ‘एकातिर अध्यादेश जारी गरे, अर्कोतर्फ आफ्नै मान्छे लगाएर खारेज गर्न लगाए ।’
जसपाभित्रको पूर्व राजपाका नेताहरु प्रतिगमनकारीलाई सघाएको अध्यक्ष यादवले बताए । ओलीको सरकारमा सहभागी भएकाहरु पार्टीमा पुनः आउन सक्ने उनले बताए ।
‘राजनीतिमा केही पनि असम्भव छैन । उहाँहरु बाटो परिवर्तन गरेर अग्रमगमनको बाटोमा आई आत्मोलचना गरे पार्टीमा रहन सक्नुहुन्छ’ उनले भने ।












