कञ्चनरुप ।


सप्तरीमा एक ट्यांकरले दुई किलोमिटरको अन्तरमा दुई वटा मोटरसाइकललाई ठक्कर दिदा दुई बालिकाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् ।
सप्तरीको अग्निसाइर कृष्णासवरण गाउँपालिका–२ स्थित पूर्व पश्चिम राजमार्ग सडक खण्ड अन्तर्गतको सितापुरमा पूर्वबाट पश्चिमतर्फ गइरहेको ना ७ ख ५४९५ नम्बरको ट्यांकरले स ११ प २५८५ मोटरसाइकललाई पछडिबाट ठक्कर दिदा मोटरसाइकल सवार सवार रुपनी गाउँपालिका–३ कटैयाका विष्णुदेव परमाणीकी ८ वर्षीया छोरी यसोधा कुमारी परमाणीको मृत्यु भएको छ ।

मोटरसाइकल ठक्कर दिएर वालिका को मृत्यु भएको देखे पछि तिब्र गतिमा ट्यांकर कुदाएर भाग्ने क्रममा दुइृ किलो मिटर अगाडि चाँदनी चौकमा पुनः सोही ट्यांकरले अर्काे स २ प ५२४५ नम्बरको मोटरसाइकललाई ठक्कर दिदि मोटरसाइकलमा पछाडी सवार कंचनरुप नगरपालिका–६ घोघनपुरका मो.अरणजैबकी ७ वर्षीया छोरी सुमैया प्रविणको मृत्यु भएको छ ।
मोटरसाइकलमा सवार मृतककी आमा ३२ वर्षीया सुमनदेवी परमाणी र मामा कुसुमलाल मण्डल र अर्काे मोटरसाईकल चालक नविया प्रविण घाईते भएका हनु । उनिहरुको कञ्चनरुपर १२ स्थित धर्मेशवर अस्पतालमा उपचार भैरहेको प्रहरी ।जनाएको छ ।












