Logo

राष्ट्रिय सुचना आयोगद्वारा कञ्चनरुप सहित चार स्थानीय तहलाई सूचना दिन आदेश

                     
Logo १४ असार २०७८, सोमबार २१:०२    

कञ्चनरुप।

राष्ट्रिय सुचना आयोगद्वारा सप्तरीको कञ्चनरुप सहित अन्य तीन स्थानीय तहलाई सूचना दिन आदेश जारी गरेको छ । गरेको छ ।

आयोगका कानुन अधिकृत शान्ती वाग्लेले कंचनरुप नगरपालिका, डाक्नेश्वरी नगरपालिका, राजगढ गाउँपालिका र तिलाठी– कोईलाडी गाउँपालिकाका कार्यालय प्रमुख र सुचना अधिकृतलाई पत्राचार गरि उक्त आदेश गरेको हो ।

सप्तकोशी नगरपालिका वडा नं. ११ का कैलास माझीले २०७७ चैत्र १६गते सुचना दिन स्थानीय तहले कन्जुसाई गरेको भन्दै राष्ट्रिय सूचना आयोगमा पुनरावेदन गरेका थिए सोहि आधामा राष्ट्रिय सूचना आयोगका आयुक्त महेन्द्र बहादुर गुरुङ र सूचना आयुक्त रत्न प्रसद मैनालीले सप्तरीका चार वटै स्थानीयलाई पठाई सूचना माग गर्ने पक्षलाई सुचना उपलब्ध गराउनु भनि पत्रमा उल्लेख गरेको छ ।


लोकप्रिय छुटाउनुभयो कि ?