Logo

सप्तरीमा करेन्ट लागेर एक वालक र एक महिलाको मृत्यु

                     
Logo १५ असार २०७८, मंगलवार २०:१८    

कञ्चनरुप ।

सप्तरीमा करेन्ट लागेर ६ बर्षिय वालक र ३५ वर्षीया एक महिलाको मृत्यु भएको छ ।

राजविराज नगरपालिका –१० कमलपुरमा खेलिरहेका लेला घर ननजिकैको रहेको पोलमा तानिएको बिजुलीको नाङ्गो तारमा समात्दा करेन्ट स्थानिय शिवनन्दन खंग छोरा अनुज खगंको मृत्यु भएको हो ।

करेन्ट लागेको थाहा पाएर गाउँलेले होहल्ला गर्दै तत्कालै बिजुलीको लाइन काटेर बालकलाई नाङ्गो तारकाट छुटाएर राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल ल्याई चेकजाँच गर्दा चिकित्सकले मृत घोषणा गरेको सप्तरी प्रहरीले जनाएको छ।

यस्तै अग्निसाईर कृष्णासवरन गाउँपालिका ६ स्थित महुली बजारमा सोमबार मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर स्थानीय ३५ बर्षीया जदाहा खातुनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । बिहान १० बजे मोबाइल चार्ज गर्नेक्रममा विद्युतको तार सर्ट भई करेन्ट लागेर जदाहा गम्भीर घाईते चएकी भएकी खातुनलाई उपचारका लागि अस्पताल भर्ना गरिएको थियो । उपचारै क्रममा जदाहाको बिराट नर्सिङ होम बिराटनगरमा सोमबार दिउँसो मृत्यु भएको प्रहरप्ले जर्नाको छ ।


लोकप्रिय छुटाउनुभयो कि ?