Logo

१४ बर्षीय बालिका अपहरणका आरोपी जेल चलान

                     
Logo १६ असार २०७८, बुधबार २०:५८    

कञ्चनरुप , असार १६ ।

बालिकालाई अपहरण गरेको घटनाका आरोपीलाई जिल्ला अदालत राजबिराजले मङ्गलबार पुर्पक्षका लागि कारागार चलान गरेको छ।

सप्तरी राजबिराज २ घर भई सुनसरीको भाण्टाबारी बस्ने नवीन देवलाई राजबिराज ३ का एक बालिका अपहरणको आरोपमा ३५ बर्षीय युवा मंगलबार न्यायाधीश ईश्वरमणि ओझाको ईजालसले देवलाई पुर्पक्षका लागि जेल चलान गरेका हुन् ।

गत जेठ २० गते राजबिराज ३ स्थिति घरबाट प्रदेश २–०३–०१३प ४६८२ नम्बरको मोटरसाइकलमा चढाई अपहरित बालिका र उनका १६ बर्षीय दाजुलाई देवले लगेर गएका थिए । दाजुलाई सडकमा छोडेर गएपछि शंका लागेर दाजुले प्रहरी र आमाबुबालाई खबर गरेका थिए । प्रहरीलाई जानकारी हुन साथ

अपहरित १४ बर्षीय बालिकालाई प्रहरीले तत्कालै सकुशल उद्वार गरेका थिए । बालिकाको घरबाटै ललाई फकाई लैजाने क्रममा प्रहरीले सप्तरीको रुपनीबाट अपहरित बालिकासहित देवलाई नियन्त्रणमा लिएका थिए ।

 


लोकप्रिय छुटाउनुभयो कि ?