अम्विका दहाल


लाहाल , असार १६ ।
पेट्रोलियम पदार्थको मुल्य बृद्धि तथम प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिगमनकारी कदम चालेको भन्दै लाहानमा संयुक्त विद्यार्थी संगठनले पुत्ला दहन गरेक छन।

प्रधानमन्त्री ओलीले पुनर्स्थापित संसदलाई पुनः विघटन गरेर प्रतिगामी कदम चालेको र पेट्रोलियम पदार्थको मुल्य बृद्धि गरेको भन्दै विपक्षी ५ दलीय गठबन्धनका विद्यार्थी संगठनले संयुक्तरुपमा लाहानमा प्रदर्शन गर्दै प्रधानमन्त्री पुत्ला दहन गरेका हुन्।विद्यार्थीहरुको प्रदर्शन लहान नगर परिक्रमा गरि रमेश चौकमा पुगरे कोण सभमा परिण भएको थियो ।
नेविसंघका पूर्व केन्द्रिय सदस्य सरोज यादव, नेविसंघ सिरहा अध्यक्ष सितल यादव, अनेरास्ववियु केन्द्रिय सदस्य सुरेश यादव,अखिल क्रान्तिकारीका पुजन सिहं र समाजवादी विद्यार्थी संघ लगायतका विद्यार्थीहरु संयुक्त प्रदर्शन गर्दै लाहान बजार गरेका थिए। राजबिराजमा बुधबार विपक्षी गठबन्धनका पाँच बिद्यार्थी संगठनले प्रधानमन्त्री केपि शर्मा ओलिको पुत्ला जलाएका छन् । प्रतिनिधि सभा पुनस्र्थापनाको माग गर्दै बिद्यार्थी गठबन्धनका बिद्यार्थी संगठनले प्रधानमन्त्रीको पुत्ला जलाएका हुन् ।
यस्तै देशका विभिन्न स्थामा ओलीले पुनर्स्थापित संसदलाई पुनः विघटन गरेर प्रतिगामी कदम चालेको भन्दै विपक्षी ५ दलीय गठबन्धनका विद्यार्थी संगठनले संयुक्तरुपमा प्रदर्शन गर्दै प्रधानमन्त्री पुत्ला दहन गरेका हुन्। विद्यार्थीहरुको प्रदर्शन विराटनगरको विभिन्न चौकहरुमा भएको थियोे ।












