कञ्चनरुप।


सिरहा र धनुषा जिल्ला जोडने हुलाकी राजमार्ग अन्र्तगत कमला पूल हस्तान्तर गरी सँचालनमा ल्याउनु अगावै भाँसिएको छ
हुलाकी राजमार्ग अन्तर्गत र सिरहा जोडने कमला पूल जिल्लाको बसपिट्टा घाटस्थित निर्माणाधिन रहेको पुल पूर्वबाट सिरहातर्फबाट दोस्रो स्पान करिब एक फिट तल भाँसिएको भाँसिएको सिरहाका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कणेलले जानकारी दिए ।

२०६८ सालसम्म ४२ महिनामा पुल निर्माण कार्य सम्पन्न गर्नुपर्ने ठेक्का पाएका पप्पु कन्सट्रक्सन र ज्यान जेभीबाट काम सुरु भएको थियो । बीचबीचमा म्याद थपिदै अन्त्यमा लुम्बीनी बिल्डर्सले ठेक्का पाएको सिडिओ कणेलले बताए ।
२०७८ साल असार १३ गते हस्तान्तर गरी सँचालनमा ल्याउने सम्झौता भएको कमला पूलको एक स्पान नै भाँसिएको हो । बहुप्रतिक्षित पूल मानिएको सो कमला पूलको स्पान भाँसिएपछि पुनः अब कमला पुल सँचालन तत्काल नहुने देखिएको छ ।













