Logo

सप्तरीमा भोलीबाट सार्वजनिक सवारी साधनहरु सञ्चालन हुने

                     
Logo १७ असार २०७८, बिहीबार २१:३०    

कञ्चनरुप,१७ असार ।

सप्तरीमा भोली बाट सार्वजनिक सवारी साधनहरु पनि सञ्चालनमा आउने भएको छ ।

आज बसेको जिल्ला संकट व्यवस्थापन केन्द्रको बैठकबाट जिल्ला भरी सार्वजनिक सवारी साधनहरु सञ्चालन गर्ने नियाणय भएको सूचनामा उल्लेख गरीएको छ । स्वास्थ्य सुरक्षाको पूर्व पालना गर्ने गराउने गरी जिल्ला भित्र बस, माइक्रो, भ्यान, अटो लगायत भाडामा सञ्चालन चल्ने सार्वजनिक सवारीका साधन सञ्चालन गर्न पाईने सूचनामा उल्लेख छ ।

यस अधि, खाद्यान्न, स्टेशनरी तथा निर्माण सामग्री लगायतका पसलहरु र होटेल तथा रेष्टुरेन्टबाट हुने टेक–वे सेवा पनि विहान ७ बजेदेखि साँझ ८ बजेसम्म खुला रहने निर्णय भएको छ ।


लोकप्रिय छुटाउनुभयो कि ?