Logo

सप्तकोशीमा पानीको बहाव डेढ लाख प्रतिसेकेन्ड क्यूसेक भन्दा बढि

                     
Logo १८ असार २०७८, शुक्रबार १५:१०    

कञ्चनरुप १८ असार ।

सप्तकोसीका सहायक नदिहरुका आसपासका क्षेत्रमा लगातारको वर्षाले सप्तकोशी स्थित ब्यारेज खतराको संकेत पार गरेको छ ।

पहाडी क्षेत्रमा निरन्तर वर्षा शुक्रबार दिउँसोको मापदन अनुसार १ लाख ५४ हजार ८२० प्रतिसेकेन्ड क्यूसेक पानीको बहाव बढेसँगै २४ वटा ढोका खोलिएको कोसी ब्यारेज कन्ट्रोल रुमले जनाएको छ ।

तटबन्ध आसपास बसोवास गर्नेहरुलाई सतर्क भएर बस्न प्रशासनले आग्रह गरेको भने ब्यारेजमा पानीको बहाव डेढ लाख नाघेसँगै सर्वसाधारणलाई सचेत गर्नका निम्ति बत्ती बाल्ने गरिन्छ । यसैगरी २ लाख काट्नासाथ पूर्वतर्फको अर्को रातो बत्ती बालिने गरिन्छ ।


लोकप्रिय छुटाउनुभयो कि ?