अम्विका दहाल


राजविराज असार १८ ।
सप्तरीमा आएका नयाँ प्रमुख जिल्ला अधिकारीलाई उधोग बाणिज्य सघं सप्तरीले एक कार्यक्रमको विच स्वागत गरेको छ ।

सप्तरीका प्रजिअ फणिन्द्र पोरखेल सरुवा भए पछि गत आईतवार जिल्लामा हाजीर भएका प्रजिअ जयराम आचार्य लाई सप्तरी उधोग बाणिज्य सघंका अध्यक्ष अरुण कुमार प्रधानले खादा ओढाई स्वागत गरेका हुन ।
उक्त कार्यक्रममा उद्ययोग ब्यवसायी तथा ब्यापारीहरुले प्रहरीबाट अनावश्यक रुपमा पाएको दुःखको गुनासो राखेका थिए । ब्यवसायीहरुले कागज पत्र बोकेर हिंड्दा पनि जिल्लाको अरु ठाउमा पक्राउ गरेको समानहरुलाई गलत मुचुल्का उठाई ईन्डियाको सिमानामा हो भनी अनावस्क दुख दिने गरको बताए । ब्यापारीहरुबाट गलत कार्य भएको भए कुनै गुनासो नगर्ने र कानुन अनुसारको कार्यवाही भागिदार बन्न तायार नै छौ भने । उक्त गुनासो बारेमा प्रमुख जिल्ला अधिकारी आचार्यले ब्यापारी हरुले पनि आफ्नो काम कानुन बिपरित नगर्न आग्रह गर्दै यदि गल्ती भए आफुले कुनै साथ दिन नसक्ने बताए । सबैले आ–आफ्नो ठाउमा सहि काम गरे मात्र समाज र देश राम्रो बन्ने बाताए । यसै गरी
प्रहरी उपरीक्षक राजेन्द्रप्रसाद धमला भने हामी पनि देश र जनताको लागी काम गर्ने हो र साना प्रहरीबाट नबुझेको कारण कहिलेकाही गल्ति हुने आफुले सचेत गराउने बताए ।












