Logo

अपराध अनुसान्धान सम्वन्धी एक दिवसीय प्रक्षिण कार्यक्रम

                     
Logo १८ असार २०७८, शुक्रबार २१:१२    

अम्विका दहाल

राजविराज असार १८ ।

जिल्ला सरकारी वकिल कार्यालय सप्तरीको आयोजनामा जिल्ला प्रहरी कार्यालय सप्तरी सो मातहतमा रहेका अपराध अनुसान्धानमा कार्यरत प्रहरी कर्मचारीहरुका लागी एक दिवसीय प्रक्षिण कार्यक्रम हिजो विहिवार जिल्ला प्रहरीकार्यलयको सभा हलमा सम्पन्न भएको छ ।

प्रशिक्षण्मा नेपाल सरकारबाट अनुसन्धान हुने मुद्धाहरु खास कसरी गर्ने नेपाल प्रहरीद्वाराहरु अपनाईने कानूनी कार्वाहीको सबै पछिल्लो संसोधित कानूनी बयवस्था लगायत अन्य कानुन विविध पक्षमा गम्भीर छलफल भयो । साथै फौजदारी कानूनका कुसुरदारलाई सजाय एवं पिडितलाई न्याय प्राप्तीको निमित्त वैज्ञानिक एवं बस्तुनिष्ठ अपराध अनुसन्धान गर्ने बारे कार्यक्रमा केन्द्रित रहेको थियो ।

अपराध अनुसन्धानको रुपमा पालना गर्नु पर्ने विविध कार्यहरु अनुसन्धानमा देखापेरका कमि कमजोरीहरुलाई सुधार गर्ने उत्कृष्ट अनुसन्धान हुनु पर्ने र अनुसन्धान विषयमा अटिने प्रहरी छनोट प्रक्षिण दिइएको थियो ।

कार्यक्रममा जिल्ला सरकारी कार्यालयका न्यायधिवक्ता कैलाश दाहालले प्रक्षिण दिनु भएको थियो । त्यसैगरी जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपनिरीक्षक माधव प्रसाद काफ्ले । सप्तरी जिल्ला बार इकाईका डोमन साह प्रस्तुति दिनु भएको थियो भने जिल्ला सरकारी वकिल कार्यालयका प्रमुख कैलाश दाहालको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।


लोकप्रिय छुटाउनुभयो कि ?