Logo

सप्तकोशीमा पानीको वहाव २ लाख क्युसेक भन्दा माथि ,गोबरगाढा बस्ती जोखिममा

                     
Logo १९ असार २०७८, शनिबार ११:५३    

कञ्चनरुप , १९ असार ।

सप्तकोसीका सहायक नदिहरुका आसपासका पहाडी क्षेत्रमा शुक्रबार देखी लगातारको वर्षाले गर्दा सप्तकोशी स्थित ब्यारेजको पछि पूर्व पश्चिम दुबै तीर खतराको संकेत स्वरुप रातो बत्ती बालिएको छ ।

निरन्तरको वर्षाको कारण पानीको बहाव आज बिहान ९ बजेको मापन अनुसार २ लाख ३१ हजार ५ सय १५ क्युसेक पानीको वहाव पुगेको छ भने ५६ वटा ढोका मध्ये २९ वटा ढोका खोलिएको छ । लगातार पानीको बहाव बढ्दै रहेको छ । तटबन्ध क्षेत्रमा बसोबास गर्ने वासिन्दालाई सतर्क रहन प्रहासनले आग्रह गरेको छ ।

सप्तकोसीमा पानीको बहाब उच्च हुँदै गएपछि सप्तरीको गोबरगाढा बस्ती जोखिममा परेको छ । गोबरगाढा सप्तकोसी नदीको बीचमा रहेको हनुमाननगर कंकालिनी नगरपालिका १३ मा रहेको एक बस्ती हो । हनुमाननगर कंकालिनी नगरपालिकामा सप्तकोसी नदीको सिपेजको पानी र वर्षाको पानीको निकास नहुँदा ९, १०, ११ र १२ नम्बर वडाका करिब ३ सय घर डुबानमा परेका छन।

यसै गरी सप्तरीको सप्तकोसी नगरपालिकाको कही वडाहरु डुबान हुदाँ करिब २ सय घरहरु डुवेका छन ।

 


लोकप्रिय छुटाउनुभयो कि ?