Logo

सिराहाको गोलबजारमा मसाल जुलुस प्रर्दशन

                     
Logo २० असार २०७८, आईतवार १३:३६    

लाहाल , असार २०।

सिराहाको गोलबजारमा पेट्रोलियम पदार्थको मुल्य बृद्धि तथम प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिगमनकारी कदम चालेको भन्दै विद्यार्थी संगठनले हिजो साँझ मसाल जुलुस प्रर्दशन गरेका छन।

प्रधानमन्त्री ओलीले पुनर्स्थापित संसदलाई पुनः विघटन गरेर प्रतिगामी कदम चालेको , पेट्रोलियम पदार्थको मुल्य बृद्धि कम गर्न तथा कोविड भ्याक्सिन उपलब्ध गर विद्यार्थी संगठनले संयुक्तरुपमा गोलबजारमा मा प्रदर्शन गर्दै मसाल जुलुस निकालको थिए ।

नेविसंघका पूर्व केन्द्रिय सदस्य सरोज यादव, नेविसंघ सिरहा अध्यक्ष सितल यादव, अनेरास्ववियु केन्द्रिय सदस्य सुरेश यादव,अखिल क्रान्तिकारीका पुजन सिहं र समाजवादी विद्यार्थी संघ लगायतका विद्यार्थीहरु संयुक्त प्रदर्शन बजार गरेका थिए।

यस्तै देशका विभिन्न स्थामा ओलीले पुनर्स्थापित संसदलाई पुनः विघटन गरेर प्रतिगामी कदम चालेको भन्दै विपक्षी ५ दलीय गठबन्धनका विद्यार्थी संगठनले संयुक्तरुपमा प्रदर्शन गर्दै मसाल जुलु प्रर्दशन गरेका थिए ।


लोकप्रिय छुटाउनुभयो कि ?