Logo

कञ्चनरुपको बेङ्गरीमा सडक दुर्घटना एक महिलाको मृत्यु

                     
Logo २२ असार २०७८, मंगलवार १६:१९    

कञ्चनरुप ।

सप्तरीको कञ्चनरुपमा सडक दुर्घटना हुदा एक महिलाको घटना स्थलमै मृत्यु भएको छ ।

पुर्व पश्चिम राज मार्ग सडक खण्ड अन्र्तगत कञ्चनरुप नगरपालिका ११ स्थित बेङ्गरी चोक मा करिव २ बजेर ४० मिनेटको समयमा पश्चिम बाट पुर्व तर्फ आउदै गरेको स १ क २८० टिप्परले सोही वडा बस्ने बर्ष ४० कि साईकल यात्री कौसिला चौधरीलाई ठक्कर दिदा घटना स्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालयय कञ्चनपुरका प्रहरी नायब उपरिक्षक  लोकनाथ तिमलसेनाले बताए ।

महिलाको सबलाई पोष्टमाटम कालागी राजजिराज पठाईएको र टिप्पर चालक प्रहरी नियत्रणमा रहेको प्रहरीले जनाएको छ ।


लोकप्रिय छुटाउनुभयो कि ?