Logo

आफन्त पर्ने देवरबाट भाउजुलाई बलात्कार प्रयास

                     
Logo २२ असार २०७८, मंगलवार १०:४३    

राजबिराज, असार २२ गते ।

सप्तरीको हनुमाननगर कंकालनी नगरपालिकाकी एक महिलाले आफन्तबाटै आफूमाथी बलात्कारको प्रयास गरेको बताएकी छन।

सोमबार पत्रकार सम्मेलनको आयोजना गर्दै हनुमाननगर कंकालनी १४ रम्पुरा की २८ बर्षिया राजकुमारी यादबले पति बैदेशिक रोजगारमा बाहिर रहेको मौका छोप्दै देवरले आफुमाथि बलत्कारको प्रयास गरेको बताएकी हुन ।

सोही वडा निवासी ३५ बर्षिय सूर्य नारायण यादब नाताले देबर पर्नेले गत शनिवार राती बलात्कारको प्रयास गरेको हुन साथै घटना बारे जिल्ला प्रहरी कार्यालयमा किटानी जाहेरी समेत दिदा कुनै सुनवाई नभएको बताइन ।

राती सुतिरहेका बेला ढोका फोडेर एक्कासी भित्र पसेर यादबले लछारपछार गर्दै जवरजस्तीकरणी गर्न खोजेको आफुले चिच्याउन थालेपछि अर्को कोठामा सुतेका सासु ससुराका साथै छिमेकीहरू उठेपछि उनी भागेको सुनाईन ।

अहिलेसम्म पक्राउ पर्न नसन र उक्त ब्यक्ती जनप्रतिनिधिका छोरा रहेकाले उनलाई जोगाउन जनप्रतिनिधि आफै लागिपरेकोले क्दा न्यायका लागि संचारकर्मी समक्ष आउनु परेको उनले बताइन ।

पीडित महिलाका बुबा शिवनारायणले छोरी सासू ससुराबाट समेत असुरक्षा रहेकाले सुरक्षको बातावरणका लागि सहयोग गरि दिन पत्रकारसंग ग्रह गरे ।

आरोपित सुर्य नारायण यादबका अनसार आरोप निराधार र आफ्नो चरित्र हत्या गर्ने प्रयास भएको दाबी गरेका छन ।

पीडित महिलाको उजुरीको आधारमा आबश्यक अनुसन्धान गर्न टोली खटाईसकिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसपी माधव प्रसाद काफ्लेले बताएका छन ।


लोकप्रिय छुटाउनुभयो कि ?