महेन्द्र सदा


पातो, आसर २४ गते ।
स्कुटर चोरेर भारततर्फ जाँदै चेक जाँच गर्ने क्रममा भाग्न खोज्दा, सशस्त्र प्रहरी बल नेपाल बिओपी सुभरनपट्टी गस्ती टोलिले एक युवक सहित स्कुटर सहित नियन्त्रणमा लिएको छ ।

डाक्नेश्वरी नगरपालिका–९ की पुनम साहको प्रदेश २–०१–००१ प ३७४० नम्बरको स्कुटर चोरेर भारततर्फ जाँदै गरेका सोही ठाउँका २६ वर्षीय जितेन्द्र सरदारलाई प्रहरीलाई सशस्त्र प्रहरी निरीक्षक उत्सव बिष्टले जानकारी दिए ।
सरदारलाई बोदे बर्साइन नगरपालिका–९ स्थित सीमावर्ती क्षेत्रबाट पक्राउ गरिएको रातको समयमा सरदारले स्टाफ नर्स साहको घरको ग्रिल तोडी स्कुटर चोरेर प्रहरीले जनाएको छ ।
पक्राउ परेका सरदार र स्कुटर सहित आवश्यक कार्वाहीका लागि ईलाका प्रहरी कार्यालय बोदे बर्साईनको जिम्मा लगाएको सशस्त्र प्रहरी पोष्ट बोदे बर्साईनका निरीक्षक बिष्टले जानकारी दिए ।












