कञ्चनरुप ।


सप्तरीको पूर्व–पश्चिम लोकमार्ग अन्तर्गत अग्नीसाईर कृष्णासवरण स्थित सितापुरमा बिहीबार आपसमा ठोक्किँदा बस र ट्रक एक आपसमा ठोक्किदाँ ११ जना घाइते भएका छन । घाइते मध्ये पाँच जनाको अवस्था गम्भीर रहेको छ ।
पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको लु १ ख ७६२० नम्बरको बस र विपरीत दिशाबाट आउँदै गरेको ना ३ख ६८४५ नम्बरको ट्रक एक आपसमा ठोक्किँदा उक्त दुर्घटना भएको हो ।

दुर्घटनामा विराटनगर उपमहानगरपालिकाका ३५ वर्षीय विजय दास, बसका चालक कपिलवस्तु बुद्धभुमी गाउँपालिका–३ बस्ने ३८ वर्षीय हेमराज अधिकारी, लुम्बिनी रुपन्देही नगरपालिका–१३ बस्ने ३५ वर्षका दुर्गा पौडेल, लुम्बिनी महादेवा गाउँपालिका–२ बस्ने युवराज पुल घाइते भएका छन् ।
यस्तै गरी घाइते हुनेहरुमा मोरङको रङ्गेली नगरपालिका–६ बस्ने ३२ वर्षीय रबिन कुमार सरदार, सोही ठाउँका २८ वर्षीय सन्तोष सरदार, २५ वर्षीय वीरेन्द्र सरदार गम्भीर घाइते भएका छन् । ट्रक चालक बारा जितपुरसिमरा उपमहानगरपालिका–२ बस्ने २९ वर्षीय रोशन श्रेष्ठ र सोही ठाउँका ट्रकका सहचालक २५ वर्षीय सुरज बुढाथोकी घाइते भएका छन् ।घाइतेहरुको प्राथमिक उपचार पछि थप उपचारका विराटनगर पठाईएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।












