कञ्चनरुप ।


सप्तरीमा विविन्न छुट्टा छुट्टै घटना हुदा निजानको मृत्यृ भएको छ ।
रुपनी गाउँपालिका वडा नं.२ हरिरावा टोल बस्ने संतोष यादवको छोरी करिव बर्ष ६ की काजल कुमारी यादवको धारामा पानी खान सर्पके टोकाईबाट मृत्यु भएको छ ।

घन नजिकै को घारामा पनि खान जाद घर भितमा रहेको दुलोबाट सर्प निस्की टोके पछि बालिकालाई तत्काल उपचारको लागी श्री गजेन्द्र नारायण सिंह सगरमाथा अंचल अस्पतालमा ल्याई उपचार भईरहेको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
यस्तै रुपनी गाउँपालिका वडा नं.२ पिप्राही स्थितमा बौवालाल साहले आफ्नै घरमा पानी तान्ने चापाकलमा मोटर जडान गरी नुहाई रहेको अवस्थामा उक्त मोटरबाट करेन्ट घाईते भई बेहोस अवस्थामा रहेकोले तत्काल उपचारको लागी युनिक अस्पताल लादै गरेको अवस्थामा साहको बाटोमा मृत्यु भएको प्रहरीले जनाएको छ । करेन्ट लागेर अन्य जनाको मृत्यु भएको छ ।
यता सप्तरीको खडक नगरपालिका–९ लालपट्टीमा गए राति दुई पक्षबीच कुटाकुट हुँदा एक जनाको मृत्यु भएको छ ।
वैदेशिक रोजगारमा राम्रो काम नपाएको भन्दै परिवारजन र एजेन्ट पक्षबीच कुटाकुट भएको हो । राजविराज–९ जगदरीका एजेन्ट मो।सनाउल मामाघर लालपट्टी पुगेका थिए । सोही क्रममा छोरालाई वैदेशिक रोजगारमा पठाए पनि राम्रो काम नपाएको भन्दै स्थानीय मो.इजराइल र मो.अक्तरको एजेन्ट सनाउलसँग विवाद सुरु भएको वडाध्यक्ष मो.इझारुल मियाँले बताए ।
विवादकै क्रममा दुवै पक्षबीच कुटाकुट नै सुरु भएपछि नातीलाई बचाउन पुगेका सनाउलका नाना ७० वर्षीय मो.दाउन मियाँलाई चोट लागेर घाइते भएका थिए ।
उपचारको लागि राजविराजस्थित छिन्नमस्ता अस्पताल ल्याइएकोमा सोही क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी माधव प्रसाद काफ्लेले बताए । ‘शव पोष्टमार्टमका लागि पठाइएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको छ’, उनले भने ।












