Logo

सप्तरीको महादेवामा अज्ञात रोगको कारण एक महिलाको मृत्यु दुई दर्जन भन्दा बढी अस्पताल भर्ना

                     
Logo २५ असार २०७८, शुक्रबार १८:१३    

कञ्चनरुप,

असार २५ गते ।

सप्तरीको महादेवामा अज्ञात रोगकोकारण ४० वर्षीया एक महिलाको मृत्यु भएको छ भने दुई दर्जनभन्दा बढी व्यक्तिहरुलाई अस्पताल भर्ना गरिएको छ ।

अस्पताल भर्ना गरिएका समध्ये ६ जनाको अवस्था गम्भीर छ । टाउको दुख्ने, ज्वरो आउने र पखालाको लक्षण देखिएका महदेवा गाउँपालिका–२ चकलाकी ४० वर्षीया सीतादेवी रजक अस्पतालमा भर्ना गरिएको थियो तर उपचारका लागि गजेन्द्रनारायण सिंह अस्पताल राजविराजमा भर्ना गरिएकी उनको राति साढे ९ बजे मृत्यु भएको अस्पतालका अस्पतालका निमित्त प्रमुख डा.रणजीत कुमार झाले जानकारी दिए ।

मृत्यु भएकी महिलाकै परिवारका तीन जनालाई उपचारका लागि गजेन्द्रनारायण सिंह अस्पतालमा भर्ना भएकाहरुको अवस्था चिन्ताजनक भएपछि थप उपचारका लागि धरान रिफर अस्पताल प्रशासनले जनाएको छ ।

अपच र वाकवाकी लाग्ने, पखाला, टाउको दुख्ने तथा ज्वरो आउने जस्ता लक्षण देखिएर २२ वर्षीय संदिप रजक, १८ वर्षीय रंजित रजक, २२ वर्षीया कंचन रजक, १९ वर्षीय राजेश रजक विरामी भएका छन भने ३० वर्षीया सोनीयादेवी रजक, १७ वर्षीय काजल मण्डल र ३० वर्षीय रन्जन मिश्रा रहेका छन । लक्षण देखा पेरेको क्षेत्रमा स्वास्थ्यकर्मीहरुको टोली पनि पठाइसकेको अस्पतालका निमित्त प्रमुख झाले जानकारी दिए ।

अन्य साधारण समस्या देखपेरका स्थानीय मेडिकल हल तथा घरमै उपचार भइरहेको छ ।

 


लोकप्रिय छुटाउनुभयो कि ?