Logo

२ हजार २ सय ३९ जनामा संक्रमण पुष्टि, २० संक्रमितको मृत्यु

                     
Logo २५ असार २०७८, शुक्रबार १८:२३    

काठमाडौँ ।

नेपालमा वितेको २४ घण्टाामा २२ सय भन्दा बढीमा कोरोना भाइरसको सङ्क्रमण देखिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार अपरान्ह सार्वजनिक गरेको विवरणमा देशका विभिन्न जिल्लामा ११ हजार ३१३ जनाको नमूना परीक्षण गर्दा २ हजार २३९ जनामा सङ्क्रमण पाइएको हो ।

आज ६ हजार ६५७ पिसिआर परीक्षणबाट १ हजार ४७९ र ४ हजार ६५६ एण्टिजेन परीक्षणबाट ७६० जनामा सङ्क्रमण देखिएको हो । थप २० जनाको निधन भएसँगै कोरोनाबाट ज्यान गुमाउनेको सङ्ख्या ९ हजार ३४० पुगेको छ ।

आज १ हजार ३१६ जना सङ्क्रमणमुक्त भएका छन् । अहिलेसम्म सङ्क्रमणमुक्त हुनेको सङ्ख्या ६ लाख १६ हजार ९२९ पुगेको मन्त्रालयले सार्वजनिक गरेको विवरणमा उल्लेख छ । मन्त्रालयका अनुसार अहिले सक्रिय सङ्क्रमित २६ हजार ५९० रहेको छ ।


लोकप्रिय छुटाउनुभयो कि ?