अम्विका दहाल


राजविराज, २५ असार
शसस्त्र प्रहरीबल नेपाल नं. ६ गण हेडक्वाटरको समन्यमा सप्तरी जिल्लाको विष्णुपुर गाउँपालिका वडा नं.६ मा आज विपद ब्यवस्थापन भण्डारण गृहको समुद्घाटन भएको छ ।

उद्घाटन कार्यक्रम गर्दै शसस्त्र प्रहरी महानिरीक्षक चन्द्र प्रकाश गौतमले नेपाल सरकरबाट शसस्त्र प्रहरीबललाई प्राप्त विविन्न पिपद ब्यवस्थापन र उद्धार कार्य पनि एउटा प्रमुख जिम्मेवारी रहेको र शसस्त्र प्रहरीबल ले आफुलाई दिएको पालना गर्दे आएको बताए ।
महानिरीक्षक गौतमका अनुसार नेपालको अन्य जिल्लाहरु जस्तै सप्तरी जिल्लामा पनि विभिन्न किसिमका प्रकृति प्रकोपहरु जस्तै बाढि पहिरो डुवान, कटान , सितलहर, चट्याङ्ग तथा आगलागी जस्ता प्रकोपको दृष्टिकोले जोखि पूर्ण जिल्ला रहेको बताउदै जिल्लाको समगै शान्ति सुरक्षा कायम राख्न र अन्तराष्ट्रिय सिमानाको सुरक्ष गरी ।सिमापार अपराध , चोरी निकाशी पैठारी नियत्रण गर्न शसस्त्र प्रहरीबल अहोरात्र खटिएको बताए ।
प्रमुख जिल्ला अधिकारी जय नारायण आचार्यले नेपाल भुगोल पिच्छे विपत ब्यवस्थापनको पुर्व तयारी गरिनु पर्छ । र तिनै तहका सरकारले जिम्मेवार राखेको र नागरिकको जनधन र सुरक्षाको लागी शसस्त्र प्रहरी अहोरात्र खटेको बताए । आफु संघ सिमित स्रोत रहेको र असिमित समस्याहरु रहेता पनि यसका कार्यमा सदै सक्रिय भएर लागेको बताए । विपद ब्यवस्थापन भण्डारण गृहको उद्घाटन महानिरीक्षक चन्द्र प्रकाश गौतम, प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्य, जिल्ला सम्वन्य समितिका सभापतिले संयुक्क्त रुपमा उदघाटन गरेका थिए ।
कार्यक्रमा जिल्ला समन्य समितिका सभापति प्रभाकर यादव, कञ्चनरुप नगरपालिकाका नगर प्रमुख बसन्त मिश्र, सप्तकोशी नगरपालिकाका नगर प्रमुख उत्तम गौतम, रुपनी गाउपालिकाका अध्यक्ष हरेराम यादव, उद्योग वाणिज्य संका अध्यक्ष अरुण प्रधान लगायतकाले मन्तब्य गरेका थिए ।












