विर्तामोड, २८ असार ।


झापाको बिर्तामोड नगरपालिका ५ सुगम पेट्रोल पम्म नजिकै एक युवती आफ्नै डेरा अगाडि मृत फेला भेटिएकी छिन् । बिर्तामोड–५ की २६ वर्षीय सिर्जना बस्नेतको शव फेला परेको हो । उनी घर अगाडि मृत अवस्थामा सोमबार बिहान भेटिएको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक राकेश थापाले जानकारी दिएका छन् ।
उनको शव अर्धनग्न अवस्थामा फेला परेको थियो । हत्या आशंकामा जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख एसपी सानुराम भट्टराईसहितको टोली घटना स्थलमा आएको छ । उनी सानोबुवाको घरमा परिवारसहित डेरामा बस्दै आएकी थिइन् । सानोबुवाको घरको आँगनमा उनको शव भेटिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता डीएसपी राकेश थापाले जानकारी दिए । युवतीको मृत्यु शंकास्पद रहेको भन्दै प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ ।

घटनास्थल इलाका प्रहरी कार्यालय अनारमनीबाट करिब पाँच सय मिटर पूर्वमा पर्छ । बिर्तामोडको मुख्य शहरमा यसरी शव भेटिँदा सुरक्षा व्यवस्थामाथि नै स्थानीयले प्रश्न उठाएका छन् ।












