काठमाडौँ, २७ असार ।


नेकपा (एमाले) एकताका लागि गठित नेकपा एमालेको कार्यदलले १० बुँदे सहमति गरेको छ। आइतबार बिहानदेखि १४ घण्टासम्म चलेको छलफलपछि कार्यदलले पार्टी एकताका लागि १० बुँदे सहमति गरेको हो।
वरिष्ठ नेता माधवकुमार नेपाल समूहका वार्ता कमिटीका संयोजक उपाध्यक्ष भीम रावलले कार्यदलका सदस्यहरुबीच १० बुँदे सहमति भएको जानकारी गराएका थिए।

एमालेका सचिव प्रदीप ज्ञवालीले उक्त सहमतिको १० बुँदे प्रस्ताव सञ्चारकर्मीहरुलाई पढेर सुनाएका थिए। कार्यदलका सदस्यहरुले भोलि बिहान सहमतिपत्र अध्यक्ष केपी ओली र नेता माधवकुमार नेपाललाई बुझाउनेछन्।













