जनकपुरधाम , श्रावण ४ गते ।


पर्साको पकहाँ मैनपुर गाउँपालिका १ का वडाध्यक्ष र वडा सदस्यसहित ३ जना ब्यक्ति ७९ ग्राम ‘खैरो हिरोइन सहित पक्राउ परेका छन ।
पक्राउ पर्नेमा अध्यक्ष ५५ वर्षीय अमिरका सहनी, सोही ठाउँ बस्ने वडा सदस्य ४७ वर्षीय बालिष्टर सहनी र उनीहरुसंगै रहेका ५२ वर्षीय रामादेश सहनी रहेका छन्।

‘इलाका प्रहरी कार्यालय पोखरियाले उनीहरुलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ,’ प्रहरी उपरीक्षक पाण्डेले नागरिकलाई भने, ‘एक जना वडाअध्यक्ष र अर्का २ जना समातिएका हुन।’ घट्नामा बरामद भएको ना १ ब ३५९५ नम्बरको सरकारी नम्बरप्लेटको मोटरसाइकलमा वडा अध्यक्ष सहनी सवार थिए। अर्को ना ७२ प १९४२ नम्बरको निजी नम्बरको मोटरसाइकल घट्नामा प्रयोग भएको भनी प्रहरीले नियन्त्रणमा लिएको छ।
‘खैरो हिरोइनको आशंका बरामद गरिएको पदार्थसहित हामीले निजहरुलाई नियन्त्रणमा लिएका छौं,’ इलाका प्रहरी कार्यालय पोखरियाका प्रहरी निरिक्षक दिपक थापाले भने, ‘तिलावे नदीभन्दा पश्चिम बर्वा गाउँनजिकबाट उनीहरुलाई चेक जाँचको क्रममा पक्राउ गरिएको हो, अहिले अनुसन्धान भइरहेको छ।’












