Logo

पछिल्लो २४ घण्टामा देशभर २ हजार ४ सय ४५ नयाँ थपिए, ३२ जनाको मृत्यु

                     
Logo ४ श्रावण २०७८, सोमबार १७:५१    

काठमाडौं, ४ साउन ।

नेपालमा पछिल्लो २४ घण्टामा थप १हजार २ सय ५८ जना कोरोना सङ्क्रमित उपचारपछि निको भएका छन् । योसँगै कोरोना सङ्क्रमणमुक्त हुनेको संख्या ६ लाख ३३ हजार ३ यस ३२ जना पुगेको छ ।

पछिल्लो २४ घण्टामा देशभर २ हजार ४ सय ४५ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । सात हजार ८ सय ३३ जनाको पीसीआर परीक्षण गर्दा एक हजार ६२ जना र तीन हजार ८ सय ३१ जनाको एन्टिजेन परीक्षण गर्दा आठ सय तीन जना गरी २ हजार ४ सय ४५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसहित नेपालमा कोरोना सङ्क्रमण पुष्टि हुनेको संख्या सात लाख १८ हजार ४सय ९४ पुगेको छ ।

यस्तै थप ३२ जनाले कोरोना सङ्क्रमणबाट ज्यान गुमाएका छन् । योसहित नेपालमा कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको संख्या नौ हजार ५ सय ८२ जना पुगेको छ । अहिले नेपालमा २५ हजार ८ सय ३७ जना कोरोनाका सक्रिय सङ्क्रमित छन् । सक्रिय सङ्क्रमितमध्ये पाँच सय ६४ जनाको आईसीयू र १ सय ५५ जनाको भेन्टिलेटरमा उपचार भइरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।


लोकप्रिय छुटाउनुभयो कि ?