Logo

७० बर्षिया बृद्ध हत्याको आरोपमा ५ जना पक्राउ, वालिका बलत्कार पछि हत्या आरापको एक कारागार चलान

                     
Logo ४ श्रावण २०७८, सोमबार २२:०४    

राजविराज ।

सप्तरीको खडक नगरपालिका ९ लालपट्टीका ७० बर्षीृ बृद्धका् हत्या गरेको आरोपमा पाँच जना पक्राउ परेका छन् ।

गत असार २४ गते हत्या भएको वैदेशिक रोजगारीमा भएको ठगी गरेको भन्दै कारण एजेण्टका हजुरबुवाको हत्या गर्ने ५ जना आरोपितहरुलाई सप्तरी प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा सप्तरीको खडक नगरपालिका वडा नं.९ का ३२ वर्षीय नजबुल मियाँ, ६० वर्षीय रफु भनिने रफुवा मियाँ, ४२ वर्षीय ईजराईल मियाँ, ५५ वर्षीय वालिस भनिने कालिस मियाँ र उनको छोरा ३२ वर्षीय जाकिर मियाँ रहेको जिल्ला प्रहरी कार्यालय सप्तरी प्रहरीले जनाएको छ। आरोपित मध्येका एक जना अख्तर मियाँ मा गरेका ब्यक्ति फरार रहेको प्रहरीले जनाएको छ ।

वैदेशिक रोजगारीमा पठाउने एजेण्ट सनाबुलका मावली हजुरबुवा खडक नगरपालिका–९ लालपट्टीका ७० वर्षीय दाउद मियाँको गत शुक्रबार उनकै घरमा हत्या भएको थियो।

यसै गरी बालिकाको बलात्कारपछि आरोपमा आइतबार एक आरोपित राजविराज कारागारमा चलान गरिएको छ ।

जिल्ला न्यायाधीश राजेन्द्रकुमार श्रेष्ठको इजलाशले डाक्नेश्वरी नगरपालिका–३ हटेलका १९ वर्षीय रोहितकुमार यादव पुर्पक्षका लागि राजविराज कारागारमा थुनामा पुगेको अदालतले जनाएको छ ।

९ वर्षीया शिवानीकुमारी यादवलाई गत असार ४ गते बिहान आरोपित यादवले बलात्कार गरी हत्या गरेको भन्दै पीडितका बुवाले इलाका प्रहरी कार्यालय कल्याणपुरमा उजुरी दिएका थिए । डाक्नेश्वरी नगरपालिका–३ हटेल पुवरिया टोलस्थित शिवनाथ यादवको फूलबारीमा पीडितको हँसियाले घाँटी काटेर हत्या गरिएको अवस्थामा शव फेला परेको थियो ।


लोकप्रिय छुटाउनुभयो कि ?