विराटनगर


विराटनगर महानगरपालिका वडा नम्बर ५ मा रहेको बिजुली अफिस अगाडि मोटरसाइकलमा बसेकै अवस्थामा एक पुरुष मृत भेटिएका छन् ।
सोमबार राति करिब ८ः३० बजेतिर को ४ प २३१६ नम्बरको हिरो होन्डाको स्प्लेन्डर मोटरसाईकलमा विराटनगर ५ मुनालपथका ४८ वर्षीय सुदर्शन न्यौपाने मृत अवस्थामा भेटिएका हुन् ।

न्यौपाने मोटरसाइकलमा चढेकै अवस्थामा घोप्टो परेर ढलेका छन्। जुत्ता पनि लगाएकै अवस्थामा भुइँमा टेकिएको देखिएको छ। उनको शरीरमा
चोटपटक छ भने लुगा च्यातिएका छन्। घटना रहस्यमय देखिएको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।












