Logo

चन्द्रनहर दुई ठाउँमा फुट्यो, घरहरु डुवानमा ,धान बाली नष्ट

                     
Logo ५ श्रावण २०७८, मंगलवार १२:१६    

कञ्चनरुप , श्रावण ५ गते ।

सप्तरीको सप्तकोशी नगरपालिका ४ स्थित नेपालकै पुरानो चन्द्रनहर फुटेपछि किसानहरुको धान बाली नष्ट भएको छ भने घरहरु डुवानमा पेरकाछन ।

जिल्लाको सप्तकोशी नगरपालिका ४ जंगली क्षेत्रको जंगलमा आएको बाढि ओभरफ्लो भई नहरमा खसे पछि नहर दुई स्थानमा गरी करिब ५० मिटर कटान गरी जलमग्न भएको नगरप्रमुख उत्तम गौतमले जानकारी दिनु भएको छ।

बाढी बस्तीमा पस्दा सप्तकोसी नगरपालिकाका १, २, ४ र ११ वडाका ३ सय घर डुबानमा परेका छन भने घरहरुमा ३ फिटसम्म पानी जमेको नगरप्रमुख गौतमले जानकरी गराउनु भएको छ ।

विगत दुई बर्ष अघि पनि चन्द्रनहरको दुई ठाउँमा बाँध फुटेर सयौ बिगहा जमिनमा लगाइएको धान बाली नष्ट भएको थियो । मुलुककै पुरानो चन्द्र नहर बर्षौदेखि जिर्ण भएकै कारणले जिल्लामा हरेक वर्ष सयौं बिगहा खेति योग्य जग्गा सिंचाईको अभावमा बाँझै रहने गरेको छ ।


लोकप्रिय छुटाउनुभयो कि ?