Logo

मुलुकभर ३ हजार १ सय ८ जनामा कोरोना संक्रमण पुष्टि , २५ नाको मृत्यु

                     
Logo ५ श्रावण २०७८, मंगलवार १७:१२    

काठमाडौं ।

मुलुकभर पछिल्लो २४ घण्टामा ३ हजार १ सय ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १३ हजार १ यस ३५ जनाको आरटी–पीसीआर र एन्टिजेन परीक्षण गर्दा ३ हजार १सय ८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार ८ हजार ८सय ३६ जनाको आरटी पीसीआर विधिबाट परीक्षण गर्दा २ हजार २सय २ जना र ४ हजार २ सय ९९ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा ९ सय ६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या ७ लाख २१ हजार ६ सय १७ पुगेको छ ।

यसै गरी पछिल्लो २४ घण्टामा थप २५ संक्रमितको मृत्यु भएको छ भने हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९ हजार ६सय७ पुगेको छ ।


लोकप्रिय छुटाउनुभयो कि ?