Logo

पछिल्लो २४ घण्टामा २ हजार ९ सय ७७ कोरोना संक्रमण पुष्टि , १८ जनाको मृत्यु

                     
Logo ८ श्रावण २०७८, शुक्रबार १९:२८    

काठमाडौं, ८ साउन ।

पछिल्लो २४ घण्टामा थप १ हजार ६ सय ७८ जना कोरोना संक्रमित उपचारपछि निको भएका छन् । यस्तै सोही अवधिमा देशभर २ हजार ९ सय ७७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कुल १७ हजार ३ सय ८ जनाको स्वाब परीक्षण गर्दा सो २ हजार९ सय ७७ जनामा संक्रमण पुष्टि भएको हो ।

पीसीआर १३ हजार ६ सय ९८ जनाको गर्दा १ हजार ९ सय ८२ जनामा संक्रमण पुष्टि भएको छ भने ३ हजार ६ स य१० जनाको एन्टिजेन परीक्षण गर्दा ९ सय ९५ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयको भनाइ छ । यस्तै बितेको २४ घण्टामा थप १८ जनाले ज्यान गुमाएका छन् । यससँगै देशभर कोरोनाबाट ज्यान गुमाउनेको कुल संख्या ९ हजार ६ सय ७९ पुगेको छ ।


लोकप्रिय छुटाउनुभयो कि ?