मलगंवा श्रावण ८ गते ।


सर्लाही जिल्लाको मलगंवा नगरपालिका २ झण्डाचोकस्थित सीमा ईलाकाबाट सशस्त्र प्रहरीले करीब ११ के.जी. चरेशसहित तीन जनालाइ पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा मकवानपुर जिल्लाको थाहा नगरपालिका ११ बस्ने ५९ बर्षियबीरबहादुर बल, सोही जिल्लाको कैलाश गाउँपालिका ५ बस्ने २५ बर्षिय शुकुरामपाख्रिन र काभ्रेपलाञ्चोक जिल्लाको नमोबुद्ध नगरपालिका ११ बस्ने २६ बर्षिय सुकलाल तामाङ्ग छन् ।

उनीहरुलाई सशस्त्र प्रहरी बल, नेपाल भन्सार सुरक्षा पोष्ट मलगंवाबाट खटिएको सशस्त्र प्रहरीले शंका लागी जाँच गर्दा उनीहरुको साथमा उल्लेखित परिमाणको चरेश फेला परेको हो ।
पक्राउ परेकाहरुलाई बरामद चरेशसहित आवश्यक कारवाहीको लागी नेपालप्रहरीलाई बुझाईएको छ ।












