काठमाडौं, ११ साउन ।


नेपालमा पछिल्लो २४ घण्टामा ३ हजार ४ सय २१ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।
१२ हजार २ सय ४० जनाको पीसीआर र ५ हजार ३२ जनाको एन्टिजेन गरी १७ हजार २ सय ७२ जनाको परीक्षण गर्दा ३,४२१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

यही अवधिमा थप २५ जनाको कोरोना सङ्क्रमणबाट ज्यान गएको छ । योसहित कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको संख्या ९,७३८ पुगेको छ । अहिले नेपालमा २७ हजार ९ सय ८ जना कोरोनाका सक्रिय सङ्क्रमित छन् । सक्रिय सङ्क्रमितमध्ये ६ सय ६९ जनाको आईसीयू र १६ जनाको भेन्टिलेटरमा उपचार भइरहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।












