Logo

जसपाको आधिकारिकता उपेन्द्र यादव पक्षलाई

                     
Logo ११ श्रावण २०७८, सोमबार १७:५४    

काठमाडौं, ११ साउन ।

निर्वाचन आयोगले जनता समाजवादी पार्टी ९जसपा० नेपालको आधिकारिकता उपेन्द्र यादव नेतृत्वको समूहलाई दिएको छ । निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेश थपलिया अध्यक्ष रहेको इजलासले साता लामो सुनुवाइपछि जसपाको आधिकारिकता बहुमतका आधारमा यादव पक्षलाई दिने फैसला सुनाएको हो ।

जसपाको आधिकारिकताका लागि आयोगले आज तत्कालीन संघीय समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी नेपाल एक हुँदा हस्ताक्षर गरेका ५१ जना सदस्यलाई हेड काउन्टका लागि बोलाएको थियो । उक्त क्रममा यादवको पक्षमा ३४ जना र महन्थ ठाकुरको पक्षमा १६ सदस्य उभिएका थिए । एक सदस्य रेशम चौधरी तटस्थ बसेका थिए ।


लोकप्रिय छुटाउनुभयो कि ?