Logo

राविराजमा बाल बालिकाको क्षेत्रमा काम गर्ने अन्तर्राष्ट्रीय संस्था संचालनमा

                     
Logo ११ श्रावण २०७८, सोमबार १८:४३    

राजविराज

बाल बालिकाको क्षेत्रमा काम गर्ने अन्तर्राष्ट्रीय स्तरको संस्था सप्तरीको राजविराजमा आज एक कार्यक्रम विच शाखा संचालनमा आएको छ ।

देश भर मा १० वटा शाखा संचालनमा ल्यायने क्रममा सप्तरीको राजविराजमा किवानिज क्लब इन्टरनेशनलको शाखा सञ्चालनमा ल्याईको हो ।

किवानिज संस्था बाल बालिका को क्षेत्रमा काम गर्ने अन्तर्राष्ट्रीय संस्था भएको र यसको शुरुवात संयुक्त राज्य अमेरिका बाट भएको बताउदै कार्यक्रममा क्लबका डिविजन नंं १ का ल्यूटिनेन्ट गवर्नर एलेक्ट नबीन खतिबडाको प्रमुख आतिध्यको आसनबाट बताए ।

नेपालमा प्रादेशिक रुपमा डिविजन रहेको यस संस्थाको काठमाडौं उपत्यका मा ४ र बाँकी ६ ओटा प्रदेश मा १÷१ गरी जम्मा १०ओटा डिविजन रहेको यस संस्थाको ८२ वटा क्लबको रूपमा शाखा रहेको ल्याउने गवर्नर खतिबडाले जनाए । प्रदेश नं. २ मा पहिलो शाखा को रूपमा राजविराज मा यो क्लब खोलिएको जानकारी गराउँदै खतिबडाले अब यस क्षेत्रको बालबालिकालाई थोड़ै भए पनि विकास गर्न किवानिज ले भूमिका खेल्ने बताउनु भयो

सप्तकोशी सप्तरी नामाकरण गरिएको राजविराज को क्लबका अध्यक्ष दीपेन्द्र भट्ट को अध्यक्षता मा गरिएको कार्यक्रम मा लेटाङ्ग क्लबका अध्यक्ष भाष्कर ज्ञवालीले सरसफाईको क्षेत्रमा काम गर्ने सप्तरी युथ सहित नेपाल पत्रकार महासंघ, सप्तरी, नौलेज फार आल र सप्तरी सामुदायिक विकास केन्द्र लगायतका संस्थालाइ सरसफाईको सन्देश भएका ब्राउजर समाजमा सन्देशको रूपमा बितरित गर्न हस्तान्तरण गरिएको थियो ,सप्तरी क्लबका अध्यक्ष भट्टबाट लेटाङ्ग क्लबका अध्यक्ष ज्ञवाली र ल्यूटिनेन्ट गवर्नर खतिबडा लाई दोसल्ला ओढ़े सम्मान समेत गरिएको थियो थियो । सप्तरी क्लबका प्रेसिडेंट एलेक्ट किरण कुमार ढकाल ले संस्थाको उद्देश्य बताई स्वागत तथा कार्यक्रम को सञ्चालन क्लबका उपाध्यक्ष सतीश कुमार दत्त ले गरेका थिए ।


लोकप्रिय छुटाउनुभयो कि ?