Logo

गठबन्धनमा लगभग मिल्यो मन्त्रालयको भागवण्डा
कांग्रेसले प्रधानमन्त्रीसहित आठ, माओवादी केन्द्र र जसपाले सातरसात पाउने

                     
Logo १५ श्रावण २०७८, शुक्रबार ०८:३१    

काठमाडौं ।

प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले छिट्टै पूर्णता पाउने भएको छ । गठबन्धनबीच मन्त्रालय भागवण्डामा कुरा मिलेसँगै ढिलोमा आइतबारसम्म मन्त्रीमण्डल विस्तार हुने नेताहरूले बताएका छन् । बिहीबार बसेको गठबन्धनको बैठकमा नेताहरूबीच मन्त्रालय भागवण्डाको टुंगो लागेको हो । तर अझै एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूहलाई पनि सरकारमा सहभागी गराउन सकिने सम्भावनालाई मध्यनजर गर्दै शुक्रबारसम्म पर्खिन दलहरू सहमत भएका हुन् ।

नेपाल समूह सरकरमा सहभागी हुने सम्भावना नभएको अवस्थामा नेपाली कांग्रेसले प्रधानमन्त्री समेतगरी आठ, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टी ९जसपा० ले सात÷सात मन्त्रालय पाउने गरी भागवण्डा मिलेको हो । बैठकमा सहभागी एक नेताका अनुसार माधव नेपाल समूह सरकारमा जाने विषय अझै टुंगिएको छैन् । नेपाल समूहका शीर्ष नेताहरूले भने सरकारमा अहिले सहभागी हुने अवस्था नभएको बताउँदै आएका छन् । बिहीबारको बैठकमा नेपाल समूहले आफूहरू पार्टी एकताका लागि प्रयासरत रहेकाले सरकारमा सहभागी हुने सम्भावना कम भएको बताएपछि तीन दलबीच भागवण्डा गरिएको हो । राष्ट्रिय जनमोर्चाले भने यसअघि नै सरकारमा नजाने बताइसकेको छ ।

उपेन्द्रलाई उपप्रधानमन्त्री, सञ्चार कांग्रेसको भागमा

६ सदस्य कायम रहेको मन्त्रीमण्डलले ढिलोमा आइतबारसम्म पूर्णता पाउने नेताहरूको भनाइ छ । हाल सरकारमा गृह, अर्थ, ऊर्जा जलस्रोत तथा सिँचाइ र कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयले मन्त्री पाइसकेका छन् । यस्तै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले राज्यमन्त्री पाएको छ । राज्यमन्त्री नियुक्तिका क्रममा सरकारको आलोचनासमेत भएको थियो । गृह र कानुन मन्त्रालय आफंैसँग राखेको कांग्रेसले सञ्चारमन्त्रालय आफैं राख्ने तयारी गरेको छ ।

माओवादीको भागमा ऊर्जा र अर्थ मन्त्रालय छ । यस्तै जनता समाजवादी पार्टीलाई उपप्रधानमन्त्रालयको जिम्मेवारी दिने तयारी भएको छ । जसपाबाट अध्यक्ष उपेन्द्र यादव उपप्रधानमन्त्रीसहित परराष्ट्रमन्त्रालयको जिम्मेवारी लिएर सरकारमा जाने तयारी भएको जसपा स्रोत बताउँछ । यद्यपि परराष्ट्र मन्त्रालयको सन्दर्भमा अझै कुरा मिल्न सकेको छैन् । सात÷सातजना मन्त्री पाएका माओवादी र जसपाले थप एक÷एकजना राज्यमन्त्री राख्न पाउनेछन् ।

संवैधानिक व्यवस्थाअनुसार मन्त्रिपरिषद्को संख्या २५ भन्दा बढाउन पाइँंदैन । अहिले सरकारमा प्रधानमन्त्री शेरबहादुर देउवासमेत गरी चार मन्त्री र एक राज्यमन्त्री नियुक्त भएका छन् । २९, असारमा प्रधानमन्त्री देउवासँग चार मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका थिए ।

पर्खाइ नेपाल समूहको सत्ता गठबन्धनले शुक्रबारसम्म नेपाल समूहलाई निर्णय दिन आग्रह गरेको छ । शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न हस्ताक्षर गर्ने र प्रधानमन्त्री नियुक्त भएपछि विश्वासको मत दिएको नेपाल समूहका अधिकांश सांसदको मत सरकारमा जानुपर्छ भन्ने भए पनि शीर्ष नेताहरू अझै एकताका लागि पर्खिनुपर्ने बताउँदै आउनुभएको छ । बिहीबार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेता नेपालको निवास कोटेश्वर पुगेर सरकारमा सहभागी हुने वा नहुने भन्ने विषयमा छिट्टै टुंगोमा पुग्न आग्रह गर्नुभएको थियो । भेटमा प्रचण्डले नेपाललाई शुक्रबारसम्म कुरा छिनोफानो गर्न आग्रह गर्नुभएको स्रोतको भनाइ छ । तर नेपालले भने आजको भोलि नै सरकारमा जाने सम्भावना नभएको बताउनुभएको छ ।

यता, एमाले अध्यक्ष ओलीले शनिबारसम्म विवाद समाधानको सन्भर्दमा अन्तिम निष्कर्षमा पुग्नेगरी कुरा गर्न नेताहरूलाई निर्देशन दिइसक्नु भएको छ । नेपाल समूहका सांसद झपट रावल अहिले सरकारमा सहभागी हुने कुनै सम्भावना नभएको बताउनुहुन्छ । विशेषगरी प्रधानमन्त्रीमा देउवालाई विश्वासको मत दिने समयमा ओली समूहमा रहेका केही नेताहरूले फ्लोर क्रस गरेपछि नेपाल समूहभित्र असन्तुष्टि पनि बढेको हो । नेता रावलले ओली पक्षबाट आउनुभएका प्रेम आले, किसान श्रेष्ठलगायत सांसदहरूले सरकारमा जानुपर्ने भन्दै नेपाललाई दबाब दिएको संकेत गर्नु भएको छ । रावलले वक्तव्य जारी गर्दै ओली समूहबाट आएका सांसदहरूलाई लक्षित गरी मन्त्री पदका लागि देउवालाई विश्वासको मत दिएको आरोप लगाउनुभएको छ ।

‘प्रतिगमनको मतियार बनेका र पार्टी अध्यक्षलाई प्रतिगामी कदम चाल्न उक्साउने स्वार्थी अवसरवादीहरू केपी ओली सत्ताबाहिर गएपछि मुसा प्रवृत्ति देखाइरहेका छन्’, उहाँले भन्नुभएको, ‘उनीहरू अहिले कोही हामी एमाले होइनौं भन्दै अदालततिर धाइरहेका छन् भने कोही मन्त्री पदका लागि अवसर खोज्दै छन् । अन्य मतियारहरूको कुरै नगरौं ।’ आफूहरू सरकारमा जान नभए संसद जोगाउनलाई सर्वोच्च अदालत र राष्ट्रपति कार्यालयसम्म पुगेको उहाँको भनाइ छ ।

एमाले कानुनी रूपमा विभाजित नभएसम्म सरकारमा जान नेपाल समूहलाई समस्या देखिएको छ । आफ्नै समूहभित्र एमाले एक बनाउनुपर्ने र नयाँ पार्टीको योजनामा लाग्नुपर्ने दुई थरी विचारका कारण नेपाल दबाबमा हुनुहुन्छ । नेपाल समूहमा सरकारमा सहभागी विभिन्न संवैधानिक आयोगमा भागवण्डा दिने सहमति गठबन्धनमा बनेको छ । स्रोतका अनुसार विभिन्न महŒवपूर्ण संवैधानिक निकायहरूमा नेपाल समूहलाई दिने सहमति गठबन्धनमा बनेको हो ।

जसपाले शनिबार संसदीय दलको नेता चयन गर्ने

जनता समाजवादी पार्टीले शनिबार संसदीय दलको नेता चयन गर्ने भएको छ । बिहीबार सम्पन्न केन्द्रीय कार्यकारिणी समिति बैठकले शनिबार दलको नेता चयन गर्ने निर्णय गरेको हो । बैठकमा सहभागी एक नेताका अनुसार सकेसम्म सहमतिमा नेता चयन गर्ने र नभए निर्वाचनबाट नेता छान्ने निर्णय बैठकले गरेको छ ।

प्रतिनिधिसभामा जसपाका कुल ३४ सांसदमध्ये दुईजना निलम्बित छन् । बाँकी ३२ मध्ये १० जना महन्थ ठाकुर पक्षमा छन् । बाँकी २२ मध्येबाट संसदीय दलको नेता चयन गर्नुपर्ने हुन्छ । तर, बिहीबारको बैठकले मन्त्रीहरूको नाममा सामान्य छलफल गरे पनि टुंगो लगाएको छैन । बुधबार जसपाको बैठकले मन्त्री छान्ने जिम्मा उपेन्द्र यादव, डा।बाबुराम भट्टराई र अशोक राईलाई जिम्मा दिएको छ ।

तीन दिनसम्म बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकले केही नेताहरूको कार्य विभाजनसमेत गरेको छ । कार्यविभाजन अनुसार पार्टीभित्र परेका उजुरीहरूको छानविन गर्ने समितिको संयोजकमा नवराज सुवेदीलाई राखिएको छ । त्यसैगरी अनुशासन समितिको संयोजकमा लक्ष्मणलाल कर्णको ठाउँमा नरसिंह चौधरीलाई राखिएको छ । यसअघि नै बैठकले संसदीय दलको विधान पारित गरिसकेको छ । स्रोतका अनुसार पार्टीका शीर्ष नेतामध्येबाट संसदीय दलको नेता चयन हुने सम्भावना छ । यो समाचार आजको हिमालय टाईस्ममा छापिइको छ ।


लोकप्रिय छुटाउनुभयो कि ?