काठमाडौं, १५ साउन ।


नेपालमा पछिल्लो २४ घण्टामा थप ३ हजार ६ सय ११ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
९ हजार ७ सय ८३ पीसीआर परीक्षण गर्दा २ हजार ४ सय ६७ जना र ४ हजार ८ सय ७८ एन्टिजेन परीक्षण गर्दा १ हजार १ सय ४४ गरी ३ हजार ६ सय ११ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट २७ जनाको मृत्यु भएको छ भने १ हजार ८ सय १६ जना निको भएका छन् ।













