कञ्चनरुप श्रावण १५ गते ।


सप्तरीमा रुपनी गाउँपालिका–१ नकटीरायपुर टोलमा शुक्रबार पोखरीमा डुबेर एक बालकको मृत्यु भएको छ ।
पोखरीमा बच्चाहरु संग खेल्ने क्रममा स्थानीय अबधी राम यादवका ६ बर्षिय छोरा युबराज कुमार यादबको पोखरीमा डुबेर मृत्युमृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता एवं डिएसपी माधव प्रसाद काफलेले जानकारी दिए ।

आफ्नै घरको छेउमा रहेको मुखिलाल यादवको माछा पोखरीमा डेबर घाईते बालकको उपचारको लागी अस्पताल लैजादै गर्दा बाटैमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
मृतक बालकको शव पोष्टमार्टमको लागी राजबिराज स्थित गजेन्द्र नारायण सिंह अस्पताल पठाईएको छ । घटनाको बारेमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।












