कञ्चनरुप श्रावण १५ गते ।


निजामती कर्मचारी सरह सेवा सुविधा पाउनुपर्ने माग गर्दै आज बिहान ८ बजेदेखि बेलुका ४ बजेसम्म स्थानिय शिक्षकहरुले रिले अनसन शुरुगरेका छन् ।
सप्तरीको कञ्चनरुप सहित देशका अन्य स्थानीय निकायहरूमा र काठमाडौंको माइतीघरमा पनि शिक्षकहरू रिले अनसनमा बसेको नेपाल शिक्षक महासङ्घ कञ्चनरुप आन्दोलन परिचालन कमिटिले जाएको छ ।

उनीहरूले विरोधका कार्यक्रम समेत सार्वजनिक गरेका छन् । सार्वजनिक भएका कार्यक्रममा साउन २२ गते भक्तपुर सानोठिमी स्थित शिक्षा तथा मानव श्रोत विकास केन्द्रमा ५०० जना शिक्षक सहित धर्ना कार्यक्रम गर्ने र साउन २९ गते प्रधानमन्त्री निवास बालुवाटारमा घेराउ गर्ने कार्यक्रम रहेको छ । उक्त दिन २ हजार भन्दा बढी शिक्षकहरू उपस्थित हुने बताइएको छ ।













